देउवाद्वारा आफ्नो प्यानलको घोषणा

193
  •  
  •  
  •  

Ser Deuwaकाठमाडौँ, २० फागुन(ओएनएस) : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी नेतृत्वका लागि सभापति पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापतिसहित आफ्नो प्यानलको घोषणा गरेका हुन् । उनको प्यानलमा महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव रहेका छन् ।

पार्टीका पाका नेता कुलबहादुर गुरूङले देउवालाई सभापतिको उम्मेदवारमा प्रस्ताव गरेका थिए भने खुमबहादुर खड्काले समर्थन गरेका थिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै देउवाले आफूले हिजोसम्म सहमति हुने आशा गरेर आफ्नो उम्मेदवारी घोषणा नगरेको तर अन्यले उम्मेदवारी घोषणा गरेपछि आज आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले आफूले सहमति र सहकार्यबाट अगाडि बढ्न चाहेको बताउँदै आफ्नो क्षमतामाथि विश्वास गर्न आग्रह गरेका छन् ।

उनले आफूले नै युद्धमा रहेको माओवादीलाई शान्तिको बाटोमा ल्याएको र वार्ता गरेको स्मरण गराउँदै आफूले पार्टीलाई पनि समावेशी बनाएर अगाडि बढाउने भनाई राखेका छन् । उनले आफूलाई एक पटक मौका दिए आफूले पार्टीभित्रको गुट-उपगुट समाप्त पार्ने र देश तथा पार्टीलाई समावेशी बनाएर लैजाने दावी गरेका छन् ।


  •  
  •  
  •