मेरो जितले पार्टी एकढिक्का भएको छ: सभापति देउवा

119
  •  
  •  
  •  

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफुले पाएको मतले पार्टीलाई एकढिक्का बनाएको बताएका छन् ।  उनले पार्टी सभापतिको पदमा निवाचित भएलगतै अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै आफूले पाएको मतले पार्टी झनै बलियो भएको बताएका हुन् ।

‘यो मतले पार्टी एक ढिक्का भएको छ । म पार्टीका आम नेता तथा कार्यकर्ता सबैलाई न्याय दिन्छुु, देउवाले भने, ‘यो मत परिणामबाट कसैले हारेको छैन, सबैले जितेका छन् ।’

१३ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचन कांग्रेसको अन्तरिक लोकतन्त्रको सुन्दर अभ्यास भएको देउवाले बताए ।


  •  
  •  
  •