दोस्रो चुनावमा चासोमा सिटौला, कता ढल्किएलान ?

317
  •  
  •  
  •  

krishna prasad sitaulaकाठमाडौं २४ फागुन (ओएनएस) :  नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि अब दोस्रो चरणको चुनावमा पैवेश गरेको छ । बरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो भए पनि आवश्यक बहुमत ल्याउन सकेनन्। उनलाई विधानमा भएको आवश्यक बहुमत पुर्याउनको लागि ११ मत पुगेन।

देउवाले ४९.६८ प्रतिशत र अर्का प्रत्यासि कार्यवाहक सभापति रामचन्द्र पौडेलले ३६. ८४ प्रतिशत अथवा ११६० र महामन्त्री कृष्ण सिटौलाले १०.२९ प्रतिशत अथवा ३२४ मत प्राप्त गरे । १ सय मत बदर भए। आवश्यक बहुमत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन देउवा र पौडेलबीच हुनेछ ।

दोस्रो चरणमा अब तेस्रो नम्बरका भएका सिटौला कता ढल्किएलान ? चासो र चर्चा सुरु भएको छ । तर, सिटौला स्रोतका अनुसार उनी तटस्थ बस्नेछ । दोस्रो चरणको निर्वाचन पनि रोमाञ्चक हुने देखिन्छ। तर अब दोस्रो चरणको मतदानमा देउवाले जित्ने नै निश्चित भएको छ ।


  •  
  •  
  •