देउसी भैलोमा कुन नेताले कति दिए ?

266
  •  
  •  
  •  

काठमाडौं, ९ कात्तिक (ओएनएस)  :नेपालीहरूको दोस्रो महान् चाड तिहार पनि शनिबारबाट सकिएको छ । झिलिमिली बत्ति, देउसी भैलोको केहीदिनको रमझमपछि तिहारले पनि बिदा लिएको छ । देशका हरेक ठाऊँमा मनाइने तिहारमा खेलिने देउसी भैलोको विषेश महत्व छ ।

देउसी भैलो खेल्न केटाकेटीदेखि बुढाबुढीसमेत हिड्ने गर्छन् । यस्तैमा देश, विदेशका समाचारहरू पाठकहरूमाझ पुर्याएर पाठकहरूलाई सूचना दिने पत्रकारहरूले समेत देउसी भैलो खेलेका थिए । उनीहरू विभिन्न नेताहरूका घरमा देउसी भैलो खेल्दै रमाइलो गरेका थिए । देउसी भैलोको रमाइलोसँगै नेताहरूले दिएको दक्षिणाको समेत चर्चा हुन थालेको छ ।  कुन नेताले कति दिए, सबैभन्दा धेरै दिने नेता को रहेछन् र थोरै दिने नेता को रहेछन् भन्ने जिज्ञासा सबैलाई हुन सक्छ ।

दक्षिणाको श्रृंखला प्रधानमन्त्रीबाट नै सुरू गरौ । आफ्नो सम्पत्ति विवरणमा मात्र २ थान मोबाइल भएको बताउने प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरूको देउसी भैलो टोलीलाई ५ हजार दिएछन् । 

सादा जीवन जिएका भनिएका प्रधानमन्त्रीले पत्रकारको देउसी भैलो कार्यक्रममा जम्मा पाँच हजार रुपैंया दिएर आफ्नो सादगी जीवनको परिचय दिए । आफ्नो सम्पत्ति विवरणमा तीन थान मोवाइलमात्र रहेको उल्लेख गरेका प्रधानमन्त्रीले देउसी खेल्नेलाई पाँच हजार रुपैंया दिनुपनि ठुलै कुरा भएको चर्चा चलेको थियो ।
paramagaubarयसैगरी उपराष्ट्रपति परमानन्द झाले भने सबैलाई चकित पार्दै पत्रकारको देउसी भैलो टोलीलाई जम्मा एक हजार एक सय ११ रुपैंया दिएका थिए । रिपोर्टस क्बलको आयोजनामा खेलिएको देउसी भैलोमा सबैभन्दा बढी दक्षिणा एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाले दिएका थिए । क्लबका अध्यक्ष ऋषि धमलाका अनुसार प्रचण्ड र देउवाले समान १५ हजार रुपैंया दक्षिणा दिएका थिए । यसैगरी एमाले अध्यक्ष, केपी ओली, नेता माधव नेपाल र उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले समान दश हजार रुपैंया दक्षिणा दिएका थिए ।

k pएमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भने आठ हजार रुपैंया दक्षिणा दिएका थिए । यसैगरी राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, पुर्वअध्यक्ष सुर्यबहादुर थापा, कांग्रेस नेता विमलेन्द्र निधीले समान दश हजार दक्षिणा दिएको धमलाले बताए । यसैगरी प्रधानसेनापति गौरवशमशेर राणाले मात्र पाँच हजार रुपैंया दक्षिणा दिएका थिए ।pra


  •  
  •  
  •