सरकारलाई झकझक्याउन देउडा नाच

114
  •  
  •  
  •  

काठमाडौं, १४ भदौ (ओएनएस) : बाजुरा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा र देउडा कलाकार मञ्च, काठमाडौको सह–आयोजनामा यही भाद्र १५ गते काठमाडौंको राष्ट्रिय नाचघरमा देउडा नाच हुने भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले देउडा संस्कृतिको संरक्षण एवम् प्रर्वद्धन र स्रष्टाहरुको सम्मानका लागि देउडा नाचको आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष लाल बहादुर थापाले आफूहरुले भगीरत रुपमा देउडा नाचको कार्यक्रम गर्दै आएको समेत बताएका छन् ।
थापाले राज्यबाट बाजुरालाई उपेक्षा भएको भन्दै आफूहरुे बाजुराको संस्कृति, पर्यटनको प्रर्वद्धन एवम संरक्षण, कला र भाषाको जर्गेनाका लागि पनि कार्यक्रमको आयोजना गरेको बताएका छन् । उनले भने, ‘राज्यले हामीलाई जहिले पनि सौतेनीको जस्तो व्यवहार गर्दै आएको छ । हामी अब सधैं यसरी पछि परेर बस्न सक्तैनौ । जिल्ला तहबाट हामीलाई उपेक्षा गरियो अब हामी केन्द्रिय तह समक्ष आफ्ना माँगहरुको सम्बोधनका लागि कुरा उठाउँछाैँ ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सभासद बद्री प्रसाद पाण्डेले नेपाली भाषाको उद्गम स्थल बाजुरा भएको भन्दै अब कुनै पनि हिसावले यो क्षेत्रलाई हेला गर्न नहुने जिकिर गरे । पाण्डेले भने, ‘बाजुराको संस्कृतिको जर्गेना एवम संरक्षणका लागि यस्ता खाले कार्यक्रमले मद्यत पुग्नेमा म विश्वस्त छु ।’

त्यस्तै नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् सभासद मदन कुमारी शाह ( गरिमा )ले बाजुराको परम्परा, संस्कृति, कला र भाषाको संरक्षण एवम् प्रर्वद्धन गर्नका लागि यस्ता खाले कार्यक्रमले टेवा पु¥याउने बताइन् । शाहले बाजुरा जिल्ला सँधै उपेक्षित बनेकोमा दःुख पोख्दै भनिन्, ‘हामी संस्कृतिको यति धनि छौ, तर हामीलाई नै राज्यले उपेक्षा गरेको छ ।’

देउडा नाचको उद्घाटन भने भाद्र १५ गते दिउँसो २ बजे हुने पनि प्रतिष्ठानले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अतिथि भने संस्कृति तथा पर्यटन मन्त्री भीम आचार्यले गर्ने पनि बताइएको छ ।


  •  
  •  
  •