गोकर्ण बैठकले आईसबे्रक गरेको छ : देउवा

154
  •  
  •  
  •  

काठमाडौ, ७ कात्तिक (ओेएनएस) नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले गोकर्ण बैठकले प्रमुख दलहरुवीच आईसब्रेक भएको बताएका छन ।

रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रममा उनले सहमतिमै माघ ८ गते भित्र संविधान जारी हुने विश्वास ब्यक्त गरे ।
देउवाले संविधानसभामा कसैको पनि दुई तिहाई बहुमत नभएकोले सहमतिको विकल्प नभएकोले सबै सहमतिको लागि लचिलो हुनु पर्ने आवश्यकता औल्याए ।

उनले संविधान निर्माणको लागि अझै पुस सम्मको समय बाँकी रहेकोले दलहरुवीच सहमति हुने विश्वास गर्दै विदाको बेलामा पनि दलहरुलाई सहमतिको लागि झक्झकाउने संचारमाध्यमले भुमिका खेल्नु पर्ने बताए ।


  •  
  •  
  •