काठमाडौँ, २६ मंसिर (ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका विषयमा छलफल भएको छ ।
दुई नेताबीच आइतबार एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
भेटवार्तापछि सभापति देउवाले ‘छलफल सकारात्मक’ भएको बताए । ‘संविधान संशोधन र स्थानीय निकायका विषयमा गम्भीर छलफल भयो,’ उनले भने । गतिरोध अन्त्यका लागि बृहत परामर्श गर्न थप छलफल गरिने देउवाले बताए ।
बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि भेटवार्ता सकारात्मक रहेको प्रतिक्रिया दिए । राष्ट्रिय समस्याका विषयमा प्रमुख तीन दल एक भएर अगाडि बढ्नुपर्ने २ नेताबीच छलफल भएको उनले बताए ।