प्रधानमन्त्री देउवालाई विदेशमन्त्री स्वराजकाे स्वागत

426
  •  
  •  
  •  

deuba

नयाँ दिल्ली, ७ भदौ (अाेएनएस) : पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । 

नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा  विदेशमन्त्री स्वराजले स्वागत गरेकी हुन् ।

स्वराजको स्वागतपछि देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा बस्ने व्यवस्था राष्ट्रपति भवनमै मिलाइएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गरेर अपमान भएको भन्दै नेपालमा भारतको अालाेचनामा भएकाे थियाे ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा‍. आरजू राणा देउवासहित ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत अाजै पाँच दिन भारत भ्रमणमा गएका हुन् ।  

 

 

  •  
  •  
  •