संसदीय दलको नेताका लागि देउवा र पौडेलको उम्मेदवारी

897
  •  
  •  
  •  

sher-bahadur-deuba-ramchandra-paudelकाठमाडौँ, २३ चैत(ओएनएस) : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर सभापति देउवा र वरिष्ठ नेता पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाको प्रस्तावकमा फरमुल्ला मन्सुर छन् भने समर्थकमा पद्मनारायण चौधरी रहेका छन् । यस्तै, पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला छन् ।


  •  
  •  
  •