देउवाकाे दाबी: ‘आईजीपी नियुक्तिमा कुनै संलग्नता छैन’

180
  •  
  •  
  •  

sher deubaकाठमाडौं, १ फागुन (ओएनएस) : सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा कुनै संलग्नता नभएको बताएका छन् ।

सभापति देउवाको दवावमा सरकारले पहिलो बरियताका डीआईजी नवराज सिलवाललाई छोडेर जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको खबर सार्वजनिक भइरहँदा उनका निजी सचिव केशवराज जोशीले प्रेस नोट जारी गरी खण्डन गरेका हुन् ।

‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैनै र छैन,’ प्रेस नोटमा भनिएको छ,‘ कानुन अनुसार मन्त्रिपरिषदमा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झुटो, भ्रामक र कपोलकल्पीत भएको यसै प्रेस नोट मार्फत स्पष्ट पार्न चाहन्छु ।’

मन्त्रिपरिषद्को आइतबारको बैठकले डिआईजी चन्दलाई आईजीपीमा नियुक्त गरेको थियो ।तर, आइतबार नै सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै तत्कालनका लागि निर्णय कार्यान्वयन नगर्ने आदेश जारी गरिसकेको छ ।


  •  
  •  
  •