सार्वजनिक स्थनमा डेटिङ जादैँ हुनुहुन्छ? हाेसियार, सेफ्टीपिनले समाउला!

415
  •  
  •  
  •  

काठमाडाैँका, ९ वैशाख (ओएनएस): काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्देश्यले महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‘सेफ्टीपिन अभियान’ सार्वजनिक स्थलहरुमा समेत यही बैशाख १ गते देखि लागु गरेकाे छ।

गत साउन १८ गतेबाट सुरू भएकाे ‘सेफ्टीपिन अभियान’ लाई अझ परिस्कृत गर्दै सार्वजनिक सवारी साधनमा मात्र सिमित नराखी सार्वजनिक स्थानहरूमा अस्लिल हर्कत तथा कृयाकलाप हुन नदिन त्यस्ता कृयाकलाप गर्ने विरुद्ध पनि अभियानकाे थालनी गरिएकाे महानगरीय प्रहरी कार्यालयको महिला तथा बालबालिकासेवा केन्द्रकी सर्इ सुष्मा कठायतले बताइन्।

सार्वजनिक यातायातमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यवहारलाई न्यूनिकरण गरी महिला तथा बालबालिकाहरुको लागि सहज र सुरक्षित यात्रा गर्ने वातावरण बनाउन प्रहरीले उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा ‘स्टिङ अपरेशन’ को रुपमा सादा पोशाकमा प्रहरी कर्मचारी गत श्रावण देखि परिचालित हुदै अाएकाे सर्इ कठायतले बताइन्।

उनले भनिन्,’ सार्वजनिक यातायातमा मात्र सिमित नभए यही बैशाख १ गतेबाट सार्वजनिक स्थालहरु समेत अस्लिल हर्कत तथा कृयाकलाप गर्नेहरुलाई निरुत्साहित गरी सार्वजनिक स्थानलाई सभ्य र सुरक्षित वातावरण बनाउने उद्देश्य अनुरुप सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गरिएकाे छ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सह-आयुक्त प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार   सवारी साधनलाई लक्षित गरी संचालन गरिएको ‘सेफ्टीपिन अभियान’ अन्तर्गतको ‘स्टिङ अपरेशन’ अब त्यसमा मात्र सिमित नरही सार्वजनिक स्थानहरूमा पनि प्रहरी परिचालन गरी अस्लिल हर्कत तथा कृयाकलाप गर्नेहरु माथि कारबाही सुरू गरिएकाे बताए।

उनले भने,’ त्यसकाे लागि रत्नपार्क, बसपार्क, ठमेल, कोटेश्वर, चावहिल, गोंगबु, कलंकी, लगनखेल, ग्वार्को लगायतका बढि भिडभाड हुने स्थानहरूमा सादा पोशाकमा प्रहरी परिचालन गरी अस्लिल हर्कत तथा कृयाकलाप गर्ने जो सुकै (महिला / पुरूष) लाई पक्राउ गरी कारवाही गरिने छ।’

महानगरीय प्रहरी कर्यालयको तथ्याङ्क अनुसार २०७४ सालको श्रावण महिनाबाट सुरु भएको ‘सेफ्टीपिन अभियान’ अन्तर्गतको पहिलो चरणको ‘स्टिङ अपरेशन’मा ८४ जना पक्राउ गरी २९ जनालाई मुद्दा चलाईएको थियो भने ५५ जनालाई आफन्तको जिम्मा लगाएको थियो । त्यसै गरी २०७४ पुष १७ गतेबाट हालसम्म संचालनमा रहेको दोस्रो चरणमा ४४ जना पक्राउ परेका छन् । जसमा १५ जनालाई मुद्धा चलाईएको छ भने २७ जनालाई आफन्तको जिम्मा र २ जना माथि अनुसन्धान कार्य भईरहेको छ । यसरी दुई चरणको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा पहिलो चरणको तुलनामा सार्वजनिक सवारी साधनमा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य दुर्ब्यवहारमा कमि आएको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएकाे छ ।

महानगरीय प्रहरी कार्यलयको महिला तथा बालबालिका सेवा केन्द्रले सार्वजनिक स्थानहरूमा हुने अस्लिल हर्कत तथा कृयाकलापको नियमित अनुगमन गर्नुका साथै त्यस्ता स्थानको पहिचान गरी आवश्यकता अनुसार सादा पोशाकमा प्रहरी परिचालन गर्ने सर्इ कठायतले बताइन्।

पीडितले आफूलाई भएको हिंसाको खुलेर प्रतिकार गर्न नसक्नु साथै प्रहरीसँग समयमै जानकारी नगराउँदा समस्या हुने गरेको पीडकलार्इ कारवाही गर्न समस्या हुने गरेकाे प्रहरीकाे भनार्इ छ।

 


  •  
  •  
  •