दुईप्रहरीबीच झडप, एक जनाको मृत्यु

207
  •  
  •  
  •  

काठमाडौं ५ असोज (ओएनएस) : सिन्धुपाल्चोकमा दुई प्रहरीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गोली चल्दा एक प्रहरीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको ठोर्कपा प्रहरी चौकीमा प्रहरी जवान रेशम बहादुर थापा र प्रहरी जवान अशोक बरालबीचको झडपमा रेशम बहादुर थापाले चलाएको गोली लागेर अशोक बरालको घटनास्थलमै मृत्यु भएको हो ।

आफूसंग रहेको राइफलबाट एक राउण्ड गोली प्रहार गरेका थिए । थापालाई नियन्त्रणमा लिइएको छ भने घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ


  •  
  •  
  •