बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काइए

235
  •  
  •  
  •  

काठमाडौं, २१ चैत (ओएनएस) : तेह्रथुममा बजार क्षेत्रमा सडक मिचेर बनाइएका अव्यवस्थित घरटहरा भत्काइएकाे छ। छथर गाउँपालिकाको अगुवाइमा शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका हुन् ।

गाउँपालिकाले बजार क्षेत्रलार्इ व्यवस्थित बनाउनकाे लागि घरटहरा भत्काइएकाे जनाएकाे छ। बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको थियो । गाउँपालिकाको निर्देशनपछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाएका थिए ।

यस्तै ध्रुव खुलाल, देशबहादुर कार्की, सुमन खुलाल, उमेश पोखरेल, पञ्चबहादुर लिम्बू र बलबहादुर तामाङले पनि सडक फराकिलो बनाउन सहयोग गर्दै बार्दली, बरण्डा र निर्माण भएका अन्य टहरा भत्काएका हुन् । गाउँपालिकाले बजार क्षेत्रका मुख्य सडकलाई १० मिटर र अन्य शाखा सडक सात मिटरका बनाउने भन्दै त्यसका लागि सहयोग गर्न सार्वजनिक सूचना जारी । सडक फराकिलो बनाउन बजारवासीले गाउँपालिकाको निर्णयको समर्थन गर्दै कतिपयले आफैँ घरटहरा भत्काएका हुन् ।


  •  
  •  
  •