मुलुकलाई अघि बढाउन संविधान र कानून परिमार्जन गर्दै जान्छौं : प्रधानमन्त्री

413
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन संविधान र कानून परिमार्जन गर्दै जाने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले देश समृद्धिको दिशामा अघि बढ्ने वातावरण तयार भएको बताए ।

उनले सरकार र निजी क्षेत्रले अब अरुलाई दोष दिएर पन्छिने अवस्था नरहेको स्पष्ट पारे । सो अवसरमा अर्थममन्त्री डाक्टर युवराज खतिवडाले सरकार र निजी क्षेत्रले अरुलाई दोष दिएर पन्छिने अवस्था नरहेको बताए ।
उनले लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झन् बलियो भएको उल्लेख गरे ।


  •  
  •  
  •