प्रम अाेलीले नयाँ बर्षमा रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने

209
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालबाट यही अाउँदाे बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीलेकर्णालीप्रदेशद्धारा आयोजना हुन लागेकाे पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न मुगुको राराताल जाने कार्यक्रम रहेको बताए। उनले भने,’सोही स्थानबाट देशबासीकाे नाममा सम्बोधन समेत गर्नेछु’

“कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्रीओलीले भने “राराबाट यसपालीपर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने माप्रधानमन्त्रीले जाेड दिए।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताएका छन्। तर हत्या,हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकितपार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिए। “सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःखदिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”


  •  
  •  
  •