जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक

46
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ।

कोभिड–१९ को संक्रमणको जोखिमका कारण बिहीबार औपचारिक कार्यक्रमबिनै भिडियोमार्फत पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए ।
शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए । यसले विशेषगरी अफ्रिकी चार देशको युध्द र शान्ति, विनाश र विकासको कथा पनि भन्‍ने उनको भनाइ छ ।

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक जीवा लामिछानेले बताए ।

‘यात्रा गर्ने र त्यसलाई लिपिबध्द गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् ।

 


  •  
  •  
  •