देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

659
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख(ओएनएस): नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।

लमजुङमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै 

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न तथा पक्राउ परेका अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न मागसहित महासंघले प्रशासन कार्यालयमा धर्ना दिएको हो ।

आन्दोलित पत्रकारहरुले बिधुुतीय कारोवार एन ४७र४८ खारेज हुनुुपर्ने,पक्राउ पत्रकारहरु अविलम्ब रिहा हुनुुपर्ने र उक्त ऐन बाट पीडामा परेका पत्रकारहरुलाई क्षतिपुुर्ती दिनुपर्ने माग गरेका छन् ।


  •  
  •  
  •