बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्छौं : मन्त्री पण्डित

343
  •  
  •  
  •  

कैलाली २८ चैत(ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने दाबी गरेका छन् ।


प्रेस क्लव धनगढीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने बताए ।

पेशागत मर्यादा भन्दा बाहिर गएर राखेको माग पुरा नहुने बताउँदै उनले डाक्टरहरुले संघ रोज्नुको कारण साइन बोर्ड देशभर राख्ने तर आफु काठमाडौंमा बस्ने योजना रहेको आरोप लगाए ।

राष्ट्रको सामु खाएको सपथ अनुसार अगाडि नबढेमा सरकारले कारबाही गर्ने बताउँदै उनले सरकारले सेवा सुविधासहित पठाएको ठाउँमा डाक्टर जानुपर्नेमा जोड दिए ।

मन्त्री पण्डितले कानून अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न शुरु गरिसकेको बताए ।
बल प्रयोग गरेर अस्पताल संचालन गर्ने बताउँदै उनले डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको बताए ।

देशलाई संघियतामा लैजानु सामान्य कुरा नभएको बताउँदै मन्त्री पण्डितले कर्मचारी समायोजनपछि नपुगेका स्थानिय तह तथा प्रदेशमा करारमै पनि कर्मचारी भर्ना गरेर पदपुर्ती गरिनेमा जोड दिए ।

सरकारी चिकित्सकहरुले समायोजनको विरोध गर्दै एक सातादेखि आन्दोलनका कारण देशभरको अस्पताल ठप्प भएको छ ।


  •  
  •  
  •