अापसमा विवाद हुँदा छुरा प्रहार,एककाे मृत्यु, तीन पक्राउ

256
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : बानेश्वर स्थित एउटै घरमा डेरागरी बस्दै अाएका दुर्इ समुहबीच एक अापसमा विवाद हुँदा छुरा प्रहार भएकाे छ। छुरा प्रहारले एक जनाकाे मृत्यु भएकाे छ।

ज्यान गुमाउनेमा सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाई रहेका छन्।

दुर्इ समुहबीच विवाद उत्कर्षमा पुगेपछि तीन जनाकाे समुहले सेढार्इलार्इ छुरा प्रहार गरेकाे प्रहरीकाे दावी छ। छुरा प्रहार गर्नेहरु लार्इ प्रहरीले हत्याकाे अाराेपमा मंगलबार पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडाैँ -१० देविनगर वानेश्वर वस्ने अशोक लिम्वु, रोहित चौधरी र संजिव राई रहेका छन्।

एउटै घरमा बस्ने व्यक्तिहरु एक अापसमा गफ गरेर बसिरहेको बेला विवाद बढ्दै गएपछि सेढार्इमाथि तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेकाे महानगरी प्रहरी परिसर काठमाडाैँका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

 


  •  
  •  
  •