दाङमा पाँच जनामा भेटियो डेंगु रोग

710
  •  
  •  
  •  

Dengu
दाङ, १० भदौ (ओएनएस) : दाङको तुलसीपुरमा डेंगुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा भर्ना भएका पाँचजना बिरामीमा डेंगु रोग देखिएको अस्पतालले जनाएको छ।

बिरामीको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए । तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेंगु रोग फेला परेको हो ।

अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । अस्पतालको तथ्यांकअनुसार यसअघि पनि जिल्लामा १३ जना डेंगु रोगका बिरामीहरु फेला परेका थिए ।


  •  
  •  
  •