डेंगी संक्रमितको संख्या २० हजार नजिक

25
  •  
  •  
  •  

काठमाडौं । यसवर्ष डंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here