हङकङमा प्रजतान्त्र माग्ने पाँच सयजना पक्राउ

301
  •  
  •  
  •  

काठमाडौं, १९ असार (एजेन्सी) । हङकङमा प्रहरीले प्रजातन्त्रको माग गर्दै सडकमा आर्लिएका पाँच सयजना प्रदर्शनकारी पक्राउ गरेको छ । प्रहरीले सिट इन जिल्लाबाट प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेमा तीन सय ५१ पुरुष र एक ६० जना महिला रहेका छन् ।

प्रहरीले गैरकानुनी सडकमा आएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार दशौं हजार नागरिक प्रजातन्त्रको माग गर्दै आन्दोलनमा उत्रेका थिए । उक्त प्रदर्शनलाई दशक यताकै सबैभन्दा ठूलो प्रदर्शन भनेका छन् । सन् १९९७ मा चीनले हङकङलाई फेरि स्वशासित क्षेत्रको रूपमा लिएको थियो । केही समययता स्वतन्त्रताको अभियान चलिरहेको छ ।

आयोजकले बुधबार आन्दोलनमा पाँच लाख दश हजार मानिस सहभागी भएको दाबी गरेको छ भने प्रहरीले जम्मा ९८ हजार मानिस सडका उत्रेको बताएको छ ।

प्रदर्शनपछि सिट इन जिल्लाको कार्यालयमा धर्ना दिएर बसेका छन् । धर्ना बसेका एक आन्दोलनकारीले भने, ‘हामी प्रजातन्त्रका लागि लडिरहेका छौं । विश्व व्यापी रूपमा प्राप्त मताधिकारको माग गरिरहेका छौं ।’ प्रदर्शनकारीले समूह–समूहमा जम्मा भएर प्रहरीलाई अवरोध गरिरहेका छन् । आन्दोलनकारीतर्फ गइरहेका प्रहरीलाई फर्काउन प्रयास गरेको बीबीसीले जनाएको छ । उता, साउथ चाइन मर्निङ पोष्टले भने आन्दोलनकारीले छोडिसकेको जनाएको छ ।

आन्दोलनलाई सम्बोधन गर्दै नेता सिवाई लेउङले सरकार प्रजातान्त्रिक व्यवस्थाको पक्षमा नरहेको बताएका छन् । उनले प्रजातन्त्र र आर्थिक विकासले मात्र जनताको हित हुने भएकाले त्यसका विरुद्ध लडिरहने बताए ।

एमनेष्टि इन्टर नेशनलले पक्राउ गरेका सबैलाई तत्काल छोड्न आग्रह गरेको छ । शान्तिपूर्ण रूपमा भेला भएका मानिसलाई पक्राउ गर्नु मानवअधिकार हनन् भएकाले पक्राउ पक्राउ परेकालाई तत्काल छोड्न र शान्तिपूर्ण आन्दोलनमा भाग लिन दिन आग्रह गरेको छ ।

यस्तै, स्वसाति क्षेत्रबाट छुट्टिने विषयमा हङकङमा अभियान्ताले केही दिनअगाडि जनमतसंग्रह गराएका थिए । दश दिन लामो मतदानमा करिब आठ लाख मानिसले भाग लिएको अभियान्तले दाबी गरेका छन् । चीन सरकारले सन् २०१७ मा चुनाव गर्ने तयारी गरिरहेको छ । उसले त्यस चुनावमा राष्ट्रवादी उम्मेदवारलाई मात्र मतदान गर्न आग्रह गरेको छ ।

आइतबार सकिएको निर्वाचनको चीनले विरोध जनाएको छ । उसले समाजमा असान्ति फैलाउन त्यस्ता गतिविधि भएको दाबी गरेको छ । त्यस क्षेत्रलाई चीनको एक प्रसिद्ध व्यापारी केन्द्रको रूपमा लिने गरिन्छ । अन्तिम दिन अभिायन्ताले नौ स्थानमा मतदान केन्द्र स्थापना गरेर मतदान गराएका थिए । हङकङ विश्वविद्यालयले भने करिब ५० हजार मतदाता दोरिएको दाबी गरेको छ । केही वर्ष यता हङकङमा प्रजातान्त्रिक लहर चल्न थालेको छ ।


  •  
  •  
  •