६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईदै

138
  •  
  •  
  •  

काठमाडौं ७ फागुन (ओएनएस) :  आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। ६२ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रपति डा रामबरण यादव

राष्ट्रपति डा रामबरण यादवले सहमतिा आउन दलहरुलाई आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति यादवले सबै दलहरु सहमति सहकार्य गरी शान्ति र संविधान निर्माण कार्यलाई एक भएर अगाडी बढ्नु पर्नमा जोड दिएका छन् । उनले शान्ति र संविधानलाई समयमै टुङ्ग्याउनु पर्ने सन्देशमा उल्लेख गरेका छन ।
उपराष्ट्रपति परमानन्द झाले नेपाली जनतामा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । उनले विश्व समुदायबाट प्रशंसित नेपालको भौगोलिक, साँस्कृतिक, जातिय एवम् भाषिक विविधताको राष्ट्रिय एकता एवम् सहिष्णुता राष्ट्रिय गौरबको रुपमा रहेको छ भन्दै यसलाई अझै मजबुत पार्दै जानु सबैको कर्तब्य रहेकोमा जोड दिए ।

प्रधानमन्त्री सुशील कोइराला

दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले देशमा शान्ति र संविधानको पक्षमा जोड दिएका छन । उनले दिनुभएको सन्देशमा प्रजातन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरुबीच साझा सहमति कायम गर्न, सहकार्यका साथ अघि बढ्न र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

यसैगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवस नेपालीको ऐतिहासिक दिवस भएको सन्देशमा उल्लेख गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ६५ औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देश दिएका छन । उनले दिएको शुभकामना सन्देशमा सहमतिको सही रूपले कार्यान्वयनु मा जोड त दिएका छन ।


  •  
  •  
  •