‘आउदो छठभित्र माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

794
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विगतमा भएको सहमति अनुसार मुख्य एजेण्डा कार्यान्वयन नभए केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने बताएका छन् ।

मङ्गलवार सिरहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजपासँग भएको सम्झौता कार्यान्वयनमा सरकारले आलटाल आरोप लगाए ।

उनले भने,’आउदो छठभित्र हामीले उठाएका मागहरु पुरा नभए निश्चित रुपमा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन्छाै’

उनले भने– ‘राजपालाई सरकार भन्दा जनता महत्वपूर्ण पक्ष हो, जुन उद्देश्यका लागि राजपा स्थापना भयो त्यो बिर्सेको छैन ।’ उनले पार्टीको क्रियाकलापमाथि कुनै प्रकारको शंका नगर्न पनि कार्यकर्तासँग आग्रह गरे ।


  •  
  •  
  •