सभाध्यक्ष नेम्बाङको राजीनामा माग्दै लण्डनमा ज्ञापनपत्र

226
  •  
  •  
  •  

लण्डन, १५ माघ (ओएनएस) : लण्डनस्थित नेपाली राजदुतावासमा सभाध्यक्ष सुवास नेम्बाङको राजीनामा माग्दै ज्ञापनपत्र बुझाइएको छ ।

नेपाली संघीय समाज युकेको २ दर्जन प्रतिनिधीहरुले गत माघ ११ का नेम्बाङले आफ्नो हैसियत र जिम्मेवारी बिर्षिएर जर्बरजस्त ‘प्रस्ताव निर्माण बिशेष समिति’ घोषणा गरे संगै मुठभेठ र गृहयुद्धको शुरुवात भएको दाबी गर्दै नेम्बाङको राजीनामाको माग गरिएको हो ।

सहमति बेगर अगाडि बढेको कारण सभाध्यक्षप्रति अब जनताको विश्वास नरहेको उल्लेख गरिएको छ । काँग्रेस र एमालेले राज्यबाट पछाडि पारिएकालाई अधिकार दिन नचाहेकोमा समाजले खेद ब्यक्त गरेको छ ।

सहमतिको दस्तावेजको रुपमा संविधान बन्नुपर्ने भएकोले अबिलम्ब सहमतिको बातावरण बनाउन पनि माग गरिएको छ । समाजले अघिल्लो संविधानसभाको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले बैज्ञानिक अध्ययन गरि प्रस्ताव गरेको १४ प्रदेश ब्यवस्था हुनुपर्ने पनि माग गरेको छ ।

कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुअघि महासचिव विश्वासहाँङ खेवाहाँङले उक्त पत्रलाई पढेर सुनाएका थिए । राष्ट्रपतिलाई सम्बोधन गरि लेखिएको उक्त ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने कार्यबाहक क्षेत्रीले बताए ।


  •  
  •  
  •