दिलीपकुमार महतो हत्या प्रकरण : तीनजना पूर्वपक्षका लागि जेल चलान

38
  •  
  •  
  •  

जनकपुरधाम । धनुषा मिथिला नगरपालिका वडा नं. ५ का दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेको आरोप लागेका मध्ये तीनजना पूर्वपक्षका लागि जेल चलान भएका छन् भने तीनजना धरौटीमा रिहा भएका छन्।

क्रसर सञ्चालक बिपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र कुमार महतोलाई जिल्ला अदालत धनुषाका न्यायाधीश केशव प्रसाद घिमिरेको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । त्यस्तै दिलिपका साथी रोशन यादव, सत्यनारायण महतो र सत्रुधन महतो २५÷२५ हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् ।

गत पुस २५ गते मिथिला नगरपालिका वडा नं.५ श्रीपुरका २४ वर्षीय दिलिपले अवैध उत्खनन् भइरहेको खबर पाएपछि आफ्नो गाउँकै छेउमा रहेको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा पहिला फलामको लिभरले दाहिने कोखामा हानी घाइते बनाई टिपरले किचेर हत्या गरिएको थियो ।

हत्याको दुईदिनपछि प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here