दिलिपका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

47
  •  
  •  
  •  

धनुषा । नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले राहतस्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ ।  दिलिपको शुक्रबार हत्या भएको थियो ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई सहयोग गर्ने निर्णय गरेको बताए ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा संलग्न अभियुक्तमाथि कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।

यो पनि

टिपरको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

दिलीप महतोका दोषीलाई कडा कारबाहीको माग

दिलीप हत्या प्रकरणः फलामको रडले कोखामा घोचेर घाइते पारी टिपरले किचियो

 


  •  
  •  
  •