अदालतको फैसलाः रजस्वला रोकिएकी महिलाको बलात्कार अपराध होइन

541
  •  
  •  
  •  

court-orderकाठमाडौ, १८ कात्तिक(एजेन्सी) : दिल्लीको प्रमुख अदालतले एक अनौठो फैसला सुनाएको छ । उक्त फैसलामा रजस्वला बन्द भएकी महिलासँग जबरजस्ति गरिएको शारीरिक सम्बन्धलाई अपराध मान्न नसकिने बताइएको छ ।

न्यायाधिषद्धय प्रदीप नन्द्राजोग र मुक्ता गुप्ताले यस्तो अनौठो तर्क दिँदै बलात्कारको आरोप लागेका ४९ वर्षीय अच्छेलाललाई सफाई दिएका छन् । उसलाई तल्लो अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

यस फैसलाको भारतमा निकै विरोध तथा विवाद भएको छ । उक्त क्षेत्रका एक वकिल बुन्दा ग्रोवरले कुन आधारमा अदालतले यस्तो फैसला गरेको हो भनेर प्रश्न समेत गरेका छन् र उनले बलात्कारका विषयमा रजस्वला हुनु र नहुनुको के सम्बन्ध छ भन्दै प्रश्न समेत गरेका छन् ।

फैसला भनिएको छः धारा ३७६ का अनुसार महिलाको साथ जबरजस्ति सम्बन्ध राख्नु दण्डयोग्य छ, तर यस घटनामा महिलाको उमेर ६५-७० वर्ष रहेको छ अर्थात् उनको रजस्वला बन्द भइसकेको छ । यस्तो अवस्थामा गरिएको सम्बन्ध फोर्सफुल हुन सक्छ तर, फोर्सिबल सम्बन्ध हुन सक्दैन । यो फैसलाको अर्थ के हो भने यदी कुनै महिलाको रजस्वला बन्द भइसकेको छ भने उसलाई बलात्कार पीडित भन्न मिल्दैन ।


  •  
  •  
  •