दिल्ली र कोलकोताको दोस्रो जित

170
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)को आठौ संस्करणका शनिबार सम्पन्न खेलहरूमा दिल्ली डेयरडेभिल्स र कोलकोता नाइट राइडर्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ४ रनले र कोलकाताले किङ्ग्स इलेभन पञ्जाबलाई ४ विकेटले पराजित गरेको छ ।

delhi daedevilsशनिबार भएको पहिलो खेलमा १ सय ६८ रनको विजय लक्ष्य पछ्याएको सनराइजर्सले निर्धारित २० ओभरमा आफ्ना ९ विकेट गुमाउँदै १ सय ६३ रन मात्र जोड्न सफल भएको थियो । उसका लागि रबि बोपाराले ४१ रन जोडेका थिए भने कप्तान डेभिड वार्नरले २८ र लोकेश राहुलले २४ रनन जोडेका थिए । सनराइजर्सलाई उक्त स्कोरमा समेट्नका लागि दिल्लीका कप्तान जेपी डुम्नीले ४ विकेट लिएका थिए भने इमरान ताहिर, एन्जेलो म्याथुज र कोल्टर नाइलले समान १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटीङ गरेको दिल्लीले स्रेयास आयरको ६० रन र कप्तान जेपी डुम्नीको ५४ रनको मद्धतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो । यता सनराइजर्सका लागि प्रविन कुमार, डेल स्टेन, भुवनेश्वर कुमार र आषिश रेड्डीले समान १-१ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच जेपी डुम्नी घोषित भए ।

KXIP vs KKRयस्तै, दोस्रो खेलमा १ सय ५६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले १३ बल बाँकी रहँदै ६ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको थियो । कोलकातालाई जित दिलाउनका लागि आन्द्रे रसेलले उत्कृष्ट पारी खेल्दै मात्र ३६ बलमा ९ चौका र २ छक्काको मद्धतले ६६ रन जोडेका थिए ।यस्तै, सूर्यकुमार यादवले २३ रन र युसुफ पठानले २८ रन जोडेका थिए । पञ्जाबका लागि सन्दिप शर्माले ४ विकेट र थिसारा परेरा र मिचेल जोनसनले समान १-१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पञ्जाबले कप्तान जर्ज बेलीको ६० रनको मद्धतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । यस्तै, ग्लेन म्याक्सवेलले ३३ रन जोडेका थिए । पञ्जाबलाई उक्त स्कोरमा समेट्ने क्रममा उमेश यादवले ३ विकेट, मोर्ने मोर्केल र आन्द्रे रसेलले समान २-२ विकेट तथा सुनिल नारायनले १ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच आन्द्रे रसेल घोषित भएका थिए ।

आईपिएलमा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेल अंकतालिकको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्स र दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङग्सबीच हुने छ । जारी आईपिएलमा दुवै टोली अपराजित छन् । आजको खेलमा एकले आईपिएलमा पहिलो पराजय बेहोर्ने छ । यस्तै, दोस्रो खेलमा पुछारमा रहेका दुई टोली रोयल च्यालेन्जर्स बेङ्ग्लोर र मुम्बई इण्डियन्सबीच हुनेछ । मुम्बई इण्डियन्स ४ खेलमा लगातार पराजित हुँदै अंकतालिको अन्तिम स्थानमा छ भने बेङ्ग्लोर २ खेलबाट १ खेलमा जित निकाल्दै अन्तिमबाट दोस्रो स्थानमा रहेको छ ।


  •  
  •  
  •