भारतीय राजदूतमा दीपकुमार र अमेरिकी राजदूतमा अर्जुनकुमार सिफारिस

278
  •  
  •  
  •  

काठमाडौं, २ माघ (ओएनएस):  भारतको लागि नेपाली राजदूतमा  दीपकुमार उपाध्याय र अमेरिकाको लागि नेपाली राजदूतमा डा. अर्जनुकुमार कार्की सिफारिस भएका छन् ।

 उपाध्याय नेपाली काँग्रेसका नेता हुन् भने अर्जुनकुमार कार्की एमालेको कोटामा राजदुत सिफारिस भएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दुबैलाई संसदीय समितिमा सिफिरिस गरेको हो ।

भारतको राजदूतमा सिफारिस भएका उपाध्याय कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् । उनी गत संविधानसभा निर्वाचनमा कपिलबस्तु १ बाट पराजित भएका थिए ।

अमेरिकाको राजदूतमा सिफारिस भएका कार्की एनजीओकर्मी हुन् । संसदीय सुुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरुलाई राजदूत नियुक्त गर्नेछन् ।


  •  
  •  
  •