भावुक हुँदै दीपाश्रीले भनिन्‘मैले तीनवटा गल्ती गरेकै हो’

604
  •  
  •  
  •  

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आउँदा दिनमा गल्ती नदोहोर्‍याउने बताएकी छन् । जन्म दिनको अवसर पारेर उनले आइतबार सामाजिक सञ्जालमार्फत आगामी दिनमा पुनः गल्ती नदोहोर्‍याउने प्रण गरेकी हुन् ।

राजेश हमाल महानायक हुन् कि होइनन् र उनले निभाउनुपर्ने भूमिकाका विषयमा आफूले दिएको अन्तर्वार्तामा तीनवटा गल्ती गरेको बताएकी उनले अब सोही प्रकृतिका गल्नी नगर्ने प्रण गर्दै भनेकी छिन्, “राजेश हमालका फ्यानहरुलाई मेरो अभिव्यक्तिले चित्त दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झिएर माफ गरिदिनुहोस् ।”

उनले रजतपटक अंकल टक शोमा आफूले तीनवटा गल्ती गरेको बताएकी छिन् । विनातयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती भएको भन्दै उनले अन्तर्वार्ताका क्रममा आएको प्रश्नको आवेगमा बडी ल्याङ्वेजमा कन्ट्रोल गर्न नसक्नु दोस्रो गल्ती भएको स्वीकार गरेकी छिन् । कूटनीतिक जवाफ दिन नसकेर अग्रज कलाकार (राजेश हमाल) प्रति गरेको टिप्पणी तेस्रो तथा मुख्य गल्ती भएको उनले समीक्षा गरेकी छिन् ।

अन्तर्वार्ता हेरिसकेपछि सहकर्मी दीपकराज गिरीले अन्तर्वार्ता राम्रो दिन नसकेको र शब्द चयनमा चुकेको बताएको स्मरण गर्दै उनले लगत्तै युट्युबका कमेन्ट हेर्दा गाली आउन थालेको बताएकी छिन् ।

आत्तिएर कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीलाई सम्पर्क गरेर आफ्नो नियत खराब नभए पनि शब्द चयनमा गल्ती भएको भन्दै समस्या समाधानका लागि केही गर्न आग्रह गरेको तर प्रकाशले कलाकार भएपछि ताली र गाली दुवै सहनुपर्छ भनेर पन्छिएको बताएकी छिन् ।

सफलतासँगै तिरस्कार गाली पनि जोडिएर आउनेरहेछ भन्दै उनले आफूलाई चलचित्रको गीत, ट्रेलर, फिल्म रिलिज गर्दा पनि गाली आउने गरेको स्मरण गरेकी छिन् ।

हेर्नुहोस्

नमस्कार!आज भाद्र ७ गते , मेरो जन्मदिन!धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिएत्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?

Deepa Shree Niraula यांनी वर पोस्ट केले शनिवार, २२ ऑगस्ट, २०२०


  •  
  •  
  •