राजदुत उपाध्याय अकस्मात नेपाल आउँदै

212
  •  
  •  
  •  

Deepकाठमाडौं ८ असोज (ओएनएस) : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सरकारसँगअचानक आज नेपाल आउँदैछन् । दिल्लीमा उच्च नेतृत्वसँग छलफल गरेर उनी आज सन्देश सहित नेपाल आउन लागेका हुन् । सरकारले उनलाई विशेष छलफल गरेर आउन यसअघि नै भनेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार एकहप्ते बसाइका क्रममा राजदूत उपाध्यायले प्रधानमन्त्रीलगायत शीर्ष राजनीतिक नेतृत्वसँग भेट्ने भएका छन्। शुक्रबार बिहान काठमाडौं उत्रने राजदूत उपाध्यायसँग सरकारले विशेषदूत पठाएर नयाँदिल्ली संस्थापनसँग नेपालको धारणा प्रस्ट पार्ने विषयमा छलफल गर्ने जानकारी प्रधानमन्त्री निकट स्रोतले दियो।

भारतले मधेसमा जारी हिंसाका बीच संविधान जारी गरेको भन्दै सार्वजनिक रूपमा नेपालमाथि नाकाबन्दी गर्ने संकेतसहितको वक्तव्य दिएपछि नेपालमा अहिले अनेक शंकाउपशंका जन्मिएकै बेला राजदूत उपाध्याय आउन लागेका हुन्।


  •  
  •  
  •