कुनै मर्यादा उल्लंघन गरेको छैन् : राजदूत उपाध्याय

164
  •  
  •  
  •  

Deep_Kumar_Upadhyayकाठमाडौँ, २ जेठ(ओएनएस) : भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णयलाई सहज रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

सरकारको निर्णयअनुसार आज स्वदेश फर्किएका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भारतीय सिमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताए ।

राजदूत पदमा १३ महिना पाँच दिन बिताएका उपाध्यायले आफूलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण नखुलाएको बताएका छन् । उनले आफूले आफ्नो कार्यकालमा कुनै पनि गल्ति नगरेको भन्दै अनावश्यक हल्ला मात्र भएको बताए । उनले आफूले कुनै पनि मर्यादा उल्लंघन नगरेको उल्लेख गरेका छन् ।


  •  
  •  
  •