आज घर फर्किदै भारतका लागि नेपाली राजदूत उपाध्याय

334
  •  
  •  
  •  

Deep_Kumar_Upadhyayकाठमाडौं २ जेठ (ओएनएस) सत्ता परिवर्तनको खेलमा लागेको आरोपपछि बर्खास्थमा परेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय स्वदेश फर्किदैछन् । आज उनी स्वदेश फिर्ता हुने भएका छन् ।

त्यहाँ रहँदा राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सरकारले उनलाई स्वदेश फर्किन निर्देशन दिएकाले उपाध्याय स्वदेश फर्किन लागेका हुन् ।

आज मध्यान्ह १२स्०० बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहनुभएका उपाध्यायलाई पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

पन्ध्र दिनभित्र स्वदेश फिर्ताका लागि सरकारले गत सोमबार राजदूत उपाध्यायलाई पत्र पठाएको थियो । पत्र पाएको एक साता पनि नबित्दै उपाध्याय स्वदेश फर्किन लागेका हुन् ।


  •  
  •  
  •