झिलीमीली बत्ति बालेमा लाइन काट्ने प्राधिकरणको धम्की

110
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनएस) : विद्युत प्राधिकरणले तिहारमा झिलीमीली बत्ति नबाल्न उपभोक्तालाई अनुरोध गरेको छ । साथै यस्ता बत्ति बालेमा विद्युत लाइन काट्ने चेतावनी दिएको छ ।

तिहारमा बालिने उत्सव बत्तीले विद्युत खपत बढी हुने भन्दै विद्युत प्राधिकरणले घर, पसल, मल तथा सडकमा उत्सव बत्ती नबाल्न अनुरोध गरेको हो । साथै कार्तिक ५ गतेदेखि १० गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकर र एसी जस्ता बिजुली धेरै खपत हुने उपकरण नचलाउन पनि आग्रह गरेको छ ।

‘कसैले झिलिमिली बत्ती बाले र विजुली धेरै खपत हुने उपकरण चलाए जुनसुकै बेला बिजुलीको लाइन काटिन सक्छ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गरेर यस्तो चेतावनी दिएको हो ।

यसअघि गृह मन्त्रालयले ७ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको थियो ।


  •  
  •  
  •