भक्तपुर, भदौ २१ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले आफैं पार्टीको अध्यक्ष भएको दाबी गरेका छन् ।
पार्टीको विधानमा अध्यक्ष जिवित रहेको अवस्थामा बिशेष साधारणसभाले मात्र हटाउन सक्ने व्यवस्था भएको बताउँदै उनले लोकेन्द्रबहादुर चन्द पक्षले दाबी गरेको अध्यक्ष गलत भएको जिकिर गरेका हुन् ।
रफत सञ्चर क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा जबराले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधानमा अध्यक्षलाई हटाउने चारवटा आधार छन् । पहिलो अध्यक्षले आफ्नो पदबाट राजिनामा दिएमा, मृत्यु भएमा वा पागल भएमा अध्यक्ष स्वत मदमुक्त हुन्छ अन्यथा बिशेष साधारणसभाले मात्र हटाउन सक्ने व्यवस्था विधानमा छ । त्यसैले चन्द पक्षले दाबी गरेको अध्यक्ष गलत छ ।’
राणाले चन्द पक्षसँग बहुमत रहेको विषय हल्ला र प्रचार मात्र भएको पनि बताएका छन् । ‘बिधान बिपरित गएर काम गरेका १६ सदस्यहरुलाई पार्टीले निष्काशन गरिसकेको छ ।’ उनले भने, ‘मन्त्री सुनिल थापालाई फिर्ता बोलाउने प्रक्रिया सहित प्रधानमन्त्री कार्यालयलाई जानकारी गराई सकेको छ । पार्टीको नीति बिपरित गएर काम गरेका अन्यलाई समेत केन्द्रीय समितिको बठैकले छिट्टै कारवाही गर्नेछ ।’
डेढ वर्ष अघि नै पार्टीबाट अलग रहेका लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले हाल आएर नयाँ नाटक देखाएको राणाको भनाइ थियो । यस नाटकमा सुनिल थापाको समेत सहभागिता रहेकाले उनलाई मन्त्रीबाट फिर्ता बोलाइएको उनले प्रष्ट पारेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा चक्रिय प्रणालीका बारे कतै उल्लेख नभएको र चन्द पक्षले हल्ला गर्दै पार्टीलाई चीरा पार्ने काम गरेको भन्दै जबराले पार्टीको केन्द्रिय समितिको बठैक पश्चात उनीहरुलाई पनि कारवाहि गरिने दाबी गरे ।
उनले संविधान जारीका विषयमा पछिल्लो समय जसरी सिमांकन र नामांकनलाई लिएर थारुहट र मधेशमा आन्दोलन भएको छ जायज मागहरुको पहिचान गरि सम्बोधन गरिनु पर्ने बताएका छन् ।