‘संविधानसभा विघटन गरि निकास खोज्नुपर्छ’

51
  •  
  •  
  •  

dev-gurungसल्यान, ४ पुुस (ओएनएस) : नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले सविधानसभाले जनतालाई अधिकार दिन नसक्ने भएकाले संविधानसभा विघटन गरी राष्ट्रिय सहमतिबाट निकास निकाल्नु पर्ने बताएका छन् ।

जनताले आफ्नो संविधान हो भन्ने प्रत्याभूति दिलाउन राष्ट्रिय सहमति आवश्यक रहेको गुरुङको जिकिर थियो । नेकपा–माओवादी सल्यानले शुक्रबार श्रीनगरमा गरेको पत्रकार भेटघाटमा बोल्दै सचिव गुरुङले दोस्रो संविधानसभा विदेशीको इसारामा बनेकाले यसबाट जनताले निकास पाउन नसक्ने बताउँदै उनले प्रतिक्रियावादीले जनताको संविधान नदिने हुँदा यसलाई विघटन गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वाधीनता संकटमा परेको बताउँदै नेता गुरुङले सबै दल मिलेर जानुको विकल्प नरहेको बताए । उनले संविधानसभाभित्र र बाहिर रहेका सबै दल मिलेर राष्ट्रिय स्वाधीनता बचाउन जरुरी औल्याए ।


  •  
  •  
  •