इलाम, १९ भदौ : घर लिप्दै गर्दा चिप्लिएर इलामको साङ्रुम्बामा एक महिलाको ज्यान गएको छ । चिप्लिएर घाइते भएकी साङ्रुम्बा–८ की ५७ वर्षीया इन्द्रकुमारी रायको उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घर लिप्दा चिप्लिएर मुर्छा परेकी रायलाई निकै बेरपछि आफन्तले भेटेर नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । तर त्यहाँ उनको उपचार हुन नसकेपछि जिल्ला अस्पताल पठाइएको थियो ।