मरेको ठानेर महिलालाई जिउँदै गाडेपछि…

83
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (एजेन्सी)  : ग्रीसमा एक महिलालाई जिउँदै गाडिएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । परिवारले मृत्यु भैसकेको ठानेर कफिनमा राखेर गाडेकी महिला जीवितै रहेको र उनको उद्धार नहुँदा मृत्यु भएको पाईएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको बताएको हो ।

क्यान्सर पीडित ती महिलालाई डाक्टरले मृत घोषित गरेपछि परिवारले अन्तिम संस्कार गरेका थिए । थिसालोनीकीमा ती महिलाको परिवारले उनको कफिनलाई गाडेर गएको केहि समयपछि स्थानीय तथा बालबालिकाले कफनबाट आवाज आइरहेको सुनेका थिए । त्यसलगतै उनीहरुले प्रहरीलाई बोलाएर उद्धारको पहल गरेका थिए ।

तर उद्धारकर्मीले कफिन खोलेर हेर्दा उनको मृत्यु भैसकेको थियो । उनको कफिनभित्रै निसासिएर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । ती महिलालाई कफनबाट निकालेर उनको मृत्युका बारेमा अनुसन्धान सुरु गरिएको छ । महिलाका आफ्ना आफन्तलाई मृत घोषित गर्ने डाक्टर माथि पनि मुद्दा दायर गर्ने बताएका छन् ।


  •  
  •  
  •