गायीका झुण्डीएको अवस्थामा

76
  •  
  •  
  •  

गायन समूह जीआर अलकी सदस्य मृत अवस्थामा फेला परेकी छिन्। सिमोन बैटल नामकी यी गायिकालाई उनकै घरको शयनकक्षमा झुन्डिएको अवस्थामा फेला पारिएको एजेन्सीले जनाएको छ। २५ वर्षीया यी गायिकालाई आफ्ने शयनकक्षमा मृत अवस्थामा फेला परिएको उनका पिता एन्थनी ई बैटलले पुष्टि गरेका हुन्।
सिमोनले आत्महत्या गरेको अनुमान लगाइए पनि उनको मृत्यु कसरी भयो भन्ने अझै खुलासा नभइसकेको समाचारमा उल्लेख छ। गत शुक्रबार साँझ ८ बजेर ३० मिनेट जाँदा उनलाई मृत फेला पारिएको थियो। उनको पोस्टमार्टम भइरहेको पारिवारिक स्रोतले एजेन्सीलाई जनाएको छ। सिमोन २०११ मा द एक्स फ्याक्टरको अन्तिम स्पर्धामा सहभागी बनेर सर्वाधिक चर्चामा आएकी थिइन्। त्यसपछि नै उनी जीआर अलकी सदस्य बनेकी थिइन्। एजेन्सी


  •  
  •  
  •