अलविदा श्रीकृष्ण ……..

272
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) :  उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको सोमवार राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ ।

गत शनिवार उपचारको क्रममा निधन भएका श्रेष्ठको पार्थिव शरीर सोमवार काठमाडौं ल्याइएको थियो । एयर इंडियाको विमानबाट सोमवार दिँउसो ३ बजे काठमाडौं ल्याइएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । राजधानीका विभिन्न भाग हुँदै श्रेष्ठको पार्थिक शरीर प्रज्ञाप्रतिष्ठान पुर्याईएको थियो ।

नायक श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सर्वसाधारणको ठुलो भीड लागेको थियो । श्रद्धाञ्जलीका लागि नेतादेखि अभिनेतासम्म प्रज्ञाप्रतिष्ठान पुगेका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संचारमन्त्री मिनेन्द्र रिजाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, एमाले नेता अमृत बोहोरा, केशव बडाल, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, एमाओवादी नेताहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटालगायका नेता श्रद्धाञ्जली अर्पण गर्न प्रज्ञाप्रतिष्ठान पुगेका थिए ।

10559885_725845837462824_4125679358426928449_n

श्रद्धाञ्जली अर्पणकालागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, अभिनेता राजेश हमाल, कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्यलगायत हजारौं कालकार, तथा सर्वसाधारणको उपस्थिति थियो ।

प्रधानमन्त्री सुशील कोइरालाले एक विज्ञप्ती जारी नायक श्रेष्ठको निधनले आफु स्तब्ध भएको बताएका छन् ।
श्रेष्ठको सोमवार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्तेष्टि गरिएको छ ।

उनलाई ‘डिप निमोनिया’ भएपछि नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा गत शनिवार निधन भएको थियो । उनलाई यसअघि क्यान्सरसमेत भएको थियो । श्रेष्ठको सम्मानमा राष्ट्रिय झण्डा ओढाएर आर्यघाटमा प्रहरीको एक टुकडीले अन्तिम सलामी दिएको थियो ।  ।


  •  
  •  
  •