एमालेले साहाना प्रधानको श्रद्धाञ्जली सभा गर्दै

90
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) : नेकपा एमालेका नेता साहाना प्रधानको आज श्रद्धाञ्जली सभा गर्ने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा श्रद्धाञ्जली सभा गर्न लागिएको एमाले नेता प्रदिप ज्ञवालील जानकारी दिए ।

विभिन्न जिल्लामा आआफ्नै तरिकाले असोज ९ गतेदेखि नै श्रद्धाञ्जली सभाको आयोजना भइरहेको भएपनि केन्द्रिय कार्यालयले भने आज सभा गर्न लागेको हो । लामो समयदेखि विरामीले थला पर्नु भएका प्रधानको गएको सोमबार उपचारका क्रममा नै मृत्यु भएको हो । एमालेको नेतृत्व तहमा समेत पुगि सक्नुभएका प्रधानको ८७ बर्षको उमेरमा निधन भएको थियो ।

प्रधानले २००३ साल देखि पहिलो पटक महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाएकी थिइन । २०४६ सालमा आन्दोलन गर्दा सयुक्त वाममोर्चाका अध्यक्ष रहेकी प्रधान उप प्रधानमन्त्री समेत बनेकी थिइन ।


  •  
  •  
  •