यस कारण मारिए दिनेश अधिकारी ‘चरी’

501
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस)  : प्रहरीले गुण्डाको सुचिमा राखेका चरी भनेर चिनिने दिनेश अधिकारी प्रहरीको गोली प्रहारबाट मारिए। उनी काठमाडौं र धादिङको सीमा भीमढुंगा–६ मा बुधबार अपरान्ह करिब ५ बजे मारिएका हुन् । चरी ६ महिनादेखि प्रहरीको खोजीमा थिए । प्रहरीले उनको पिछा गर्न थालेपछि उनी गोप्य रूपमा मात्र हिँडडुल गर्दै आएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने उनी धादिङ क्षेत्र २ का पूर्वउपाध्यक्ष हुन् । करिब ६ महिनाअघि धादिङकै गुण्डा राधे भण्डारीलाई गोली हानेपछि प्रहरीले उनको खोजी थालेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाको गस्ती टोलीसँग दोहोरो भिडन्तमा उनी मारिएको दाबी प्रहरीले गरेको छ ‘प्रहरीले लामो तयारीपछि चरीलाई ‘इन्काउन्टर’ गरेको हो,’ स्रोतको दाबी छ ।

प्रहरीले चरीको खोजीमा बुधबार ६ वटा टोली परिचालन गरेको जनाएको छ । उनी बालाजुबाट भीमढुगांतर्फ भाग्न थालेपछि प्रहरीले पिछा गरेको महानगरीय प्रहरी आयुुक्त कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हेमन्त पालले बताए । ‘चरीले भञ्ज्याङ पुगेपछि फायर खोलेका थिए, ७ राउन्ड फायर गरेपछि उनको पेस्तोलमा अझै एक गोली बाँकी छ,’ एसएसपी पालले भने ।

प्रहरीको मोष्ट वान्टेडमा रहेका चरी बा४९प ३११२ नम्बरको रातो पल्सरमा एक्लै प्रहरीलाई झुक्याउँदै भागेको र पक्रन खोज्दा उनले नै फायरिङ खोलेको दाबी प्रहरीले गरेको छ । चरीको शरीरमा सात वटा गोली लागेको जनाएको छ । उनको शव त्रिभुवन शिक्षण अस्पताल ल्याइएको छ । प्रहरीले पक्राउ गरी गोली हानेर हत्या गरेको भन्दै आफन्तले आक्रोश पोखेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० उत्तम कार्कीका अनुसार चरीले मोटरसाइकल चलाउँदै आठ राउन्ड गोली हानेका थिए । प्रत्युत्तरमा प्रहरीको जवाफी कारबाहीमा उनी मारिएको एसएसपी कार्कीले बताए । उनले संयोगले मात्र चरीले हानेको गोलीबाट प्रहरीहरू बचेको बताए ।
चरीविरुद्ध हत्या, अपहरण र लुटपाटका दर्जनबढी मुद्दा दर्ता भएको प्रहरीको दाबी छ । एमालेका कार्यकर्ता रहेका उनको नेतृत्वसम्म पहुँच थियो ।
एमाले अध्यक्ष ओलीनिकट र गृहमन्त्री पनि एमालेकै भएका कारण यो प्रकरणले प्रहरीभित्र ठूलो रूप लिने संभावना छ । प्रहरी प्रमुख अर्यालदेखि काठमाडौंका प्रहरीलाई हटाउने खेल सुरु हुन सक्ने गृहका अधिकारीहरूले शंका छन् ।
गत वर्ष माघ दोस्रो सातादेखि उपत्यकामा रहेका चरीलाई प्रहरीले निगरानीमा राखेको थियो । परिसरमा एसएसपी रमेश खरेललाई पठाएपछि उनले डन र गुण्डा पक्रन थालेका थिए । त्यो समयमा ५५ जना डन र गुण्डा समाएर केहीलाई हातहतियार र केहीलाई सार्वजनिक मुद्दा चलाएको थियो ।

को थिए चरी 
काठमाडौंमा चर्चित डनका रूपमा चिनिने दिनेश अधिकारी ‘चरी’ धादिङ त्रिपुरेश्वरको खहरेका बासिन्दा थिए । एमाले क्षेत्र १ धादिङको पूर्वउपाध्यक्ष रहेका उनी प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा थिए । प्रहरीमा उनीमाथि गोली काण्ड, फिरौती, लुटपाट, अपहरणसमेत दर्जन बढी मुद्दा छन् । एमाले सचिव गोकर्ण विष्टमाथि मन्त्री भएकै दिन केही वर्षअघि खुकुरी प्रहार गरेको आरोप पनि उनीमाथि लागेको थियो । रमेश खरेल काठमाडौं प्रहरी प्रमुख रहेको समयमा आत्मसमर्पण गरेका उनी ७ महिना हिरासतमा बसेर छुटेका थिए । काठमाडौंको नयाँबजार र बालाजु क्षेत्रमा उनी अखडा जमाएर बस्दै आएका थिए ।
चरी सुरुमा कुमार घैँटेको टिममा थिए । पछि उनीसँग अलग भएर आफ्नै समूह बनाएर काम गर्न थालेका थिए । उनीमाथि यार्सागुम्बा लुटपाटदेखि खाग तस्करीसम्मको आरोप लागेको छ । ललितपुरका कांग्रेस महासमिति सदस्य मीनकृष्ण महर्जनलाई गत वर्ष माघमा गोली हानिएको घटनामा उनी दोषी रहेको प्रहरीको दाबी छ ।

हिमालय टाइम्सबाट


  •  
  •  
  •