चरीको अाज अन्त्यष्टि गरिने

48
  •  
  •  
  •  

काठमाडौं, ७ भदौ (ओएनएस) : गत साउन २१ गते प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी ‘चरी’को शव बुझ्न उनको परिवार सहमत भएको छ ।

सर्वोच्चले कारण देखाउ आदेदैन् जारी गरेपछि पछि बुझ्न लागेको अधिकारीका दाजु ध्रुव अधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार अन्त्येष्टि गरिनेछ । चरीका परिवारले प्रहरीले हत्या गरी मुडभेदमा मारिएको दाबी गरेको भन्दै छानविन नभएसम्म शव नबुझ्ने अडान लिँदै आएको थियो ।

चरीको हत्या भएको भन्दै प्रहरी अधिकारीहरुविरुद्ध परिवारले महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता गर्न खोज्दा अस्वीकार गरेपछि दायर मुद्धामा सर्वोच्च अदालतले बिहीबार कारण देखाऊ आदेश जारी गरेको थियो ।

उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।


  •  
  •  
  •