चरीका आफन्तद्वारा मानव अधिकार आयोगमा उजुरी

255
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : प्रहरी कारवाहीमा मारिएका भनिएका गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ का आफन्तले प्रहरीले चरीको हत्या गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजरी दिएका छन् । चरीका आफन्तले प्रहरीले चरीको हत्या गरी मुडभेडमा मारिएको दाबी गरेको भन्दै आफन्तले मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

चरीका दाजु ध्रुब अधिकारीले आफूहरुले प्रहरीले आफ्नो भाईको गरेको हत्या दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगलेमा उजुरी दिएको जानकारी दिए । ‘हामीले राष्ट्रिय मानव अधिकार आयोगसहित पाँच वटा विभिन्न निकायमा उजुरी दिएका छौं, अधिकारीले ओएनएससँग भने,‘यही हप्ताभित्र सर्वोच्च अदालतमा रिट दायर पनि गर्नेछौं ।’ उनले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिए ।

‘हामीलाई के विश्वास छ भने अदालतले हामीलाई न्याय दिन्छ, उनले भने,‘यदि अदालतबाट पनि न्याय नपाएको अवस्थामा हामी अन्तर्राष्ट्रिय अदालतसम्म जानेछौं ।’
उनले प्रहरीले अहिलेसम्म मुचुल्का नउठाएको भन्दै मुचुल्का नउठाएसम्म शव नबुझ्ने बताए । ‘प्रहरीले कायरपुर्ण ढंगले भाईको हत्या गरेको छ, उनले भने,‘ मुचुल्कासमेत तयार बनाएको छैन । यस्तो अवस्थामा शव बुझ्ने कुरै आउँछैन ।’ चरीको गत शनिवार प्रहरीसँगको मुडभेडमा मृत्यु भएको थियो ।


  •  
  •  
  •