एकै घरका दुई भाइको मृत्यु

107
  •  
  •  
  •  

 

डोल्पा, ८ भदौ (ओएनएस) : त्रिपुराकोट भदौ ४ गतेदेखि हराइरहेका दुई बालकको शव आइतवार बिहान ठूलो भेरीको किनारमा रहेका सु गाविसस्थित सँु खोलामा फेला परेको छ ।

मृत्यु हुनेमा त्रिपुराकोट गाविस–८ डाँडागाउँको लस्मी प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेका १० वर्षीया अशोक बुढा र सोही स्कुलमा कक्षा २ मा पढ्दै गरेका आठ वर्षीय अर्जुन बुढा रहेका छन् ।

निजहरूलाई विद्यालयका शिक्षकहरूले स्कुलमा हराएको छाप चोरेको भन्दै प्रहरीको डर देखाएपछि निजहरू भागेकाले यस्तो अवस्था भएको मृतकका आफन्तले जनाएका छन् । प्रधानाध्यापक नन्दवीर रोकायले सो कुरा स्वीकार गर्नुभएको छैन ।   निजहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल डोल्पामा लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमहर्ष सिलवालले बताए ।


  •  
  •  
  •