पत्रकारसहित १२ को ज्यान लिने बन्धुकधारी पनि मारिए (फोटोफिचर)

108
  •  
  •  
  •  

काठमाडौं २६ पुस (एजेन्सी) :  फ्रान्सको पेरिसस्थित चर्चित व्यङ्ग्य पत्रिका चार्ली हेब्डोमा बुधबार आक्रमण गरी १२ जनाको ज्यान लिने दुई न्‍दुकधारी मारिएको त्यहाँस्थित फ्रान्‍सेली प्रहरीले पुष्टि गरेको छ।
फ्रान्सेली प्रहरीले आक्रमणकारीमध्ये दुई दाजुभाइ (३४ वर्षीय कोउची र ३२ वर्षीय चेरिफ कोउची) सुपरमार्केटमा लुकेर बसेको बेला दोहोरो भिडन्तमा मारिएको बताएका छन्।

शुक्रबार हतियारसहित लुकेर बसेका उनीहरु हाइपर सुपरमार्केट नजिकै पोर्टे डि भिन्‍सनेसमा मारिएको त्‍यहाका संवाददाताहरुले जानकारी दिएका हुन्।

समाचारमा बताइए अनुसार सुपर मार्केटमा रहेका सर्वसाधरणमा थाहै नदिइकन फ्रान्‍सेली प्रहरीले नाकीय रुपमा प्रवेश गरेर त्यहा रहेको बन्दुकधारीमाथि आक्रमण गरेका थिए।
आक्रमणका क्रममा भीषण गोलाबारी भएको थियो। राजधानी पेरिसबाट ६१ किलोमिटर टाढाको सुपरमार्केटमा लुकेर बसेका ती बन्‍दुकधारीमाथि आक्रमण गर्न ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।
 सुपरमार्केटमा रहेका सर्वसाधारण समेत  बन्धक बनाइएका थिए।
१२ जनाको ज्यान लिने मध्ये चेरिफ कोउची यसअघिबाटै प्रहरीको खोजीको सूचीमा रहेक ब्यक्ति रहेका छन्। पेरिसमा आतंकवादी गतिविधि गरेको अभियोगमा उनीसहित ६ जना सन् २००८ मै जेल परेका थिए।
 
घटनामा संलग्नमध्ये दुर्इजनाले पत्रिकाको कार्यालयमै बैठक भइरहेका बेला गोली बर्साएका थिए। जसमा पत्रिकाका प्रधानसम्पादकसहित १२ जनाले ज्यान गुमाएका थिए।

  •  
  •  
  •