गैडाको आक्रमणबाट एक जनाको मृत्यु

156
  •  
  •  
  •  

चितवन १३ पुस (ओएनएस) : पश्चिम चितवनकोे मेघौलीमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मेघौली ५ बस्ने ६४ वर्षिया नाथुराम चौधरीको गैडाको आक्रमणबाट गम्भिर घाईते भई भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सदावहार सामुदायिक वनका सदस्य रहनुभएका चौधरी हिजो दिउसो वन निरिक्षण गर्न जाने क्रममा गैडाले एक्कासी आक्रमण गरेको थियो ।गैडाको आक्रमणबाट चौधरीको खुट्टा, छाती र टाउकोमा गम्भिर चोट लागेको थियो । उहाको शव पोष्टमार्टमका लागि अहिले भरतपुर अस्पतालका राखिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •