प्रेमी प्रेमिकाद्वारा आत्महत्या

279
  •  
  •  
  •  

काठमाडौं ४ माघ ।
त्रिशूली नदीमा हामफालेर दुई युवायुवतीले आत्महत्या गरेका छन् । शुक्रबार विदुर नगरपालिका ७ को बुनेबेंसी पुल नजिकबाट उनीहरूले आपसमा हात समातेर हामफालेका थिए । ठेगाना नखुलेका उनीहरूमध्ये युवाको शव देवीघाटमा रहेको संस्कृत मावि नजिककै किनारमा फेला परेको छ । युवतीको शव अझै फेला परेको छैन् ।

उनीहरूले आत्महत्या गर्नुमा प्रेम सम्बन्ध कारण हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलबाट केटीले प्रयोग गरेको सल र पाउजुका साथै केटाको साथबाट एउटा फोटो फेला पारेको छ । त्रिशूली नदीपारि खेतमा काम गरिरहेका खड्गभन्ञ्याङका किसानले दुई जनाले खोलामा आत्महत्या गरेको सूचना प्रहरीलाई दिएका थिए । केटाको शव त्रिशूली अस्पतालमा राखिएको छ । कान्तिपुरबाट


  •  
  •  
  •