कार र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

88
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) : धादिङमा कारले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

नारायणघाटबाट काठमाण्डौं आउँदै गरेको मोटरसाईकललाई विपरित दिशाबाट आएको कारले दिउँसो तीनबजेतिर चरौंदीमा ठक्कर दिदा  चितवन मंगलपुर–७ का योगेश घलेको मृत्यु भएको हो ।

घलेको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


  •  
  •  
  •